दफा ११५
नेपाल राज्य बाहिर पनि साक्षी प्रमाण बुझ्न सकिने
(१) कुनै अदालतमा विचाराधीन रहेको कुनै मुद्दाका सम्बन्धमा नेपाल राज्य बाहिर रहे बसेको कुनै साक्षी वा प्रमाण बुझ्नु परेमा वा बन्दसवाल गर्नु परेमा त्यस्तो विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी प्रचलित कानून बमोजिम साक्षी वा प्रमाण बुझ्न सकिनेछ ।
(२) उपदफा (१) बमोजिम प्रयोग हुने बन्द सवालको ढाँचा अनुसूची–४१ मा उल्लेख भए बमोजिम हुनेछ ।
(३) उपदफा (१) बमोजिम बुझिएको साक्षी वा प्रमाणलाई यसै संहिता बमोजिम बुझिएको मानिनेछ ।
तर त्यसरी बुझिएको साक्षी वा प्रमाण विवरण सम्बन्धित मुलुकको कानून बमोजिम प्रमाणित भएको हुनु पर्नेछ ।
(४) यस दफा बमोजिम बुझ्नु पर्ने वा बुझिएको साक्षी वा प्रमाण नेपाली भाषा बाहेक अन्य भाषामा बुझ्नु पर्ने वा बुझिएको रहेछ भने सोको नेपाली भाषामा आधिकारिक अनुवाद गरी अदालतमा पेश गर्नु पर्नेछ ।
(५) कुनै कसूरको अनुसन्धान वा पुर्पक्षको सिलसिलामा नेपाल राज्य बाहिर रहेको साक्षीलाई बुभ्mनु परेमा वा निजको बकपत्र गराउन परेमा त्यस्तो साक्षीलाई सो प्रयोजनका लागि तोकिए बमोजिम श्रव्य दृष्य संवाद (भिडियो कन्फरेन्स) वा अन्य यस्तै प्रविधि मार्फत बुझन वा निजको बकपत्र गराउन सकिनेछ ।
(६) उपदफा (५) बमोजिम बुभ्mदा वा बकपत्र गराउँदा त्यस्तो साक्षीले भनेको कुरा वा गरेको बकपत्रको अभिलेख हुने व्यवस्था गर्नु पर्नेछ ।
(७) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस दफा बमोजिम प्रमाण बुझन नसकिएको कारणले मात्र मुद्दाको कारबाही र किनारा गर्न बाधा पुगेको मानिने छैन ।